ढिला गरी जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु

ढिला गरी जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु

जनकपुरधाम : प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा देखिएको जनकपुर उपमहानगरपालिकामा निकै ढिलो गरी मतगणना सुरु भएको छ। २५ वटा वाड रहेको नगरपालिकाको मतगणना महेन्द्रनारायण निधि अडिटोरियम भवनमा भइरहेको छ।

मतगणना प्रक्रियालाई छिटो छरितो बनाउन १२ समूहमा मतगणना भनिए पनि हाल चार समूहले मत गणना सुरु गरेका छन्। वडा नम्ब १,२, ३ र ४ को मतगणना सुरु भइसकेको हो। निर्वाचन कार्यालयको व्यवस्थापकीय लापरवाहीका कारण मतगणनामा ढिलाई भएको हो।

मतदानपछि सोमबार राति सर्बदलिय बैठक बसेको थियो। पुनः मंगलबार बिहान बैठक बसेर १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय समेत भएको थियो। तर, सो निर्णय भएको ४ घण्टासम्म मतपत्र पट्याउनमै समय लागेकाले पनि मतगणनामा ढिलाई भएको हो।

अर्को तर्फ दलका प्रतिनिधि पनि ढिलागरी उपस्थित हुँदा ढिलाई हुन गएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताएका छन्। कडा सुरक्षा व्यवस्थाबीच भइरहेको मतगणनामा उम्मेदवार र प्रतिनिधीलाई तारजाली भन्दा बाहिर राखिएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

१८ स्थानीय तह मध्ये १० वटामा गएरातिदेखि नै मतगणना सुरु भएकाले परिणाम पनि सार्वजनिक भएका छन्। जसमध्ये हालसम्म ४ वटा वडामा वडाअध्यक्षमा एमालेले अग्रसरता लिएको छ। हंशपुर नगरपालिका १ को वडाध्यक्षमा कामेश्वर कापर, विद्रोही नगरपालिकाको वडा नम्बर १ मा रामवृक्ष ठाकुर, मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा कौशल यादव र वडा नम्बर २ मा नरेश यादव विजयी भएका छन्।

त्यसैगरी, गणेशमान चारनाथ नगरपालिका ११ मा वडाअध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुंवर, जनकनन्दनी गाउँपालिका १ मा संघीय समाजवादी फोरमका धमेन्द्र गोइत विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.