वीरगन्ज महानगरमा कांग्रेसको अग्रता

वीरगन्ज महानगरमा कांग्रेसको अग्रता

वीरगन्ज: प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा भइरहेको वडा नम्बर १ को मतगणनाको सार्वजनिक पहिलो प्रारम्भिक मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेसले अग्रता लिएको छ । सय मतगणना हुँदा मेयरमा कांग्रेसका उम्मेदवार अजय द्धिवेदी २७ र उमेयरमा कांग्रेसकी उम्मेदवार शान्ती कार्की ३० मतका साथ अगाडि छन्।

यस्तै मेयरमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेदवार राजेशमान सिंह २६ मतका साथ दोश्रो स्थानमा छन्। मेयरमा २१ मतका साथ संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी तेश्रो र नेकपा माओवादी केन्द्रका उम्मेदवार रहवर अन्सारी नौ मतका चौथो स्थानमा छन।

उपमेयरमा फोरम नेपालकी उम्मेदवार पिंकी यादव २० मतका साथ दोश्रो र राजपाकी उम्मेदवार रम्भा मिश्र १८ मतका साथ तेश्रो स्थानमा छिन्। एक सय मत गन्न झण्डै तीन घण्टा लागेको छ। वडा नम्बर १ संगै २, ३१ र ३२ गरी चार वटा वडाको मत एकै साथ गणना भईरहेको छ।

मंगलवार बिहान बसेको सर्वपक्षीय बैठकले बिहान साढे ११ बजे देखि नै मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गर्ने क्रममा केही समय लागेको र दलका प्रतिनिधिहरु पनि ढिला गरी आएका कारण दिउँसो सवा २ बजे देखि मात्र मतगणना सुुरु गरिएको थियो।

मतगणना भइरहेको कोठामा दलका प्रतिनिधीहरुलाइ तारजाली बाहिर राखिएको छ। मतगणनास्थलमा हरेक दलबाट एक जना प्रतिनिधिलाई मात्र बस्न दिइएको छ।

१० वटा समुहबाट मतगणना गर्ने भनिएपनि अहिले चार वटा वडाको मात्र मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए। वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा ८४ हजार तीन सय १३ मत मात्र खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.