खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि सिरहामा मतगणना अवरुद्ध

खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि सिरहामा मतगणना अवरुद्ध

जिल्लाको कर्जन्हा गाउँपालिकाको मतगणना अवरुद्ध भएको छ। कर्जन्हा ३ मा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगीत भएको हो। कर्जन्हा ३ मा १३ सय ९ मत खसेको थियो। तर, मतगणनाका क्रममा भने १३ सय २२ मत भेटिएको छ। १३ मत बढी भेटिएपछि मतगणना अवरुद्ध बनेको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

सिरहा : जिल्लाको कर्जन्हा गाउँपालिकाको मतगणना अवरुद्ध भएको छ। कर्जन्हा ३ मा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगीत भएको हो। कर्जन्हा ३ मा १३ सय ९ मत खसेको थियो। तर, मतगणनाका क्रममा भने १३ सय २२ मत भेटिएको छ। १३ मत बढी भेटिएपछि मतगणना अवरुद्ध बनेको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

उक्त वडामा माओवादी केन्द्रका वडाध्यक्ष ५ मतले निर्वाचन भएका थिए। तर, मतपत्र बढी भेटिएका कारण एमालेका प्रतिनिधिले फर्जी मतले जितेको भन्दै मतगणना अवरुद्ध गरेको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

यस्तै लहान नगरपालिकामा पनि मतगणनाको विषयमा विवाद भएपछि दिउँसो १ बजेबाट नै मतगणना अवरुद्ध छ। लहान नपा ३ मा कांग्रेस वडाध्यक्ष ८ मतले निर्वाचित भएपछि फोरमका प्रतिनिधले मतगणनामा गडबड भएको भन्दै आफ्नो प्रतिनिधिलाई बाहिर बोलाएपछि मतगणना अझै अवरुद्ध छ। विवाद मिलाउन अहिले सर्वदलीय बैठक बसिरहेको छ।

यसैबीच औरही गाउँपालिका १ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्ष तुलसी ठाकुर निर्वाचित भएका छन्। यहाँको प्रमुखमा पनि फोरमकै शिवजी यादव सुरुदेखि नै अग्रता लिएका छन्। उनलाई माओवादी केन्द्रका प्रमुख उम्मेदवार सिदार्थ यादव पछ्याउँदै छन्।

यसैबीच सिरहा नगरपालिका वडा नम्बर १ को २ सय मत गणना हुँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार असेश्वर यादव १ सय १४ मत ल्याएर अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर डा. सुभाषचन्द्र यादव ४४ मत ल्याएर दोस्रो स्थानमा छन्। डा. यादव कांग्रेस कोषाध्यक्ष तथा पूर्व शान्ति मन्त्री सितादेवी यादवका छोरा हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.