मतगणना स्थलमा कांग्रेस र एमाले कार्यकर्ताको झडप

मतगणना स्थलमा कांग्रेस र एमाले कार्यकर्ताको झडप

रौतहट : मंगलबार साँझ बृन्दावन नगरपालिकाको मतगणना स्थल बाहिर मंगलबार साँझ कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। रौतहट ६ नम्बर क्षेत्रमा संसद रामकुमार भट्टराई मतगणना स्थल प्रवेश गर्न क्रममा कांग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेपनि एमाले र कांग्रेसका कार्यकर्ता बीच झडप भएको हो। सो नगरपालिकाको गणना विश्रामपुर स्थित मावि विद्यालयमा भइरहेको छ।

मतगणना प्रभावित पार्न सांसद् भट्टराई आएको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध गरेको बताइएको छ। झडपमा बृन्दावन नगरपालिका ६ का एमालेका वडा अध्यक्षका उम्मेदवार धमेन्द्र पटेल घाइते भएका छन्।

झडपपछि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए। सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.