गच्छदार कार्यवाहक प्रधानमन्त्री

गच्छदार कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन्।

प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छादारलाई जिम्मेवारी दिएको हो। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.