जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता

जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता

जनकपुरधामः प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले शुरुवाती अग्रता लिएको छ। मेयर र उपमेयर पदमा कांग्रेससंग कडा प्रतिस्पर्धा हुने आकंलन गरिएको हो।

 

सोही अनुसार २५ वडा मध्ये १,२,३ र ४ वडाको मतगणनामा राजपाको अग्रता देखिएको छ। राजपा नेपालले ४ सय मत गणना हुँदा मेयरमा २२४ र उपमेयरमा १३३ मतप्राप्त गरेको थियो भने कांग्रेस मेयरमा ९७ र उपमेयरमा ४७ मत पाएको थियो।

निर्वाचन आयोगको व्यवस्थापकिय त्रृटिका कारण निकै ढिलो गरि दिउँसो २ बजेदेखि जनकपुरको महेन्द्रनारायण निधि सांस्कृतिक संग्रहालयमा सुरु भएको मतगणनामा निकै सुस्त रुपमा गणकहरुले गणना गरिराखेकोले मत परिणाम आउन निकै ढिलाई भईरहेको छ।

सर्वदलिय बैठकबाट विहान १० बजेदेखिनै मतगणना गर्ने निर्णय भएपनि आयोगका ढिला सुस्तीले गर्दा अबेर भएको हो। कडा सुरक्षा व्यवस्थाका बिच तारजालिले घेरेको सभाकक्षमा मतगणना भईरहेको छ।

१८ स्थानीय तह रहेको धनुषामा ५ वटा स्थानीय तहमा मतगणना सोमबार अबेर रातिदेखीनै सुरु भएर वडाहरुमा नतिजा समेत सार्वजनिक हुन थालिसकेको हो।

जिल्लाको गणेशमान चारनाथ नपा ११ मा माओवादी केन्द्रका सत्यनारायण कुंवर आफ्नो प्यानल सहित विजयी भएका हुन्।

हंशपुर नगरपालिका १ को वडाध्यक्षमा कामेश्वर कापर, हंशपुर वडा नम्बर २ मा राजपाका उदय साह, विदेह नगरपालिकाको वडा नम्बर १ मा रामवृक्ष ठाकुर, मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा कौशल यादव र वडा नम्बर २ मा नरेश यादव विजयी भएका छन्।

त्यसैगरी गणेशमान चारनाथ नगरपालिका ११ मा वडाअध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुंवर, जनकनन्दनी गाउँपालिका १ मा संघिय समाजवादी फोरमका धमेन्द्र गोइत विजयी भएका हुन्। त्यसैगरी सबैला नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका कपिल राउतको प्यानल विजयी भएको छ।

अधिकांश मतदान केन्द्रहरुमा मतदान अधिकृतहरुले संचारकर्मीहरुसंग सम्पर्क नगर्ने, फोन गर्दा पनि नउठाउँने र एकद्धार प्रणालीबाट सूचना दिने कुनै व्यवस्था नभएको कारण मत परणाम थाहा पाउन निकै गाहे भएको हो।

बाहिर आएका मत परिणामहरु पनि अधिकारीक नभएको हुंदा फरक फरक रुपमा बाहिर आएका हुन्।जिल्लाभरीमा कुल मतदाता ७५ हजार ५९४ रहेका छन् भने ५३ हजार ५५७ मत स्थानीय तहमा खसेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.