लालबन्दी, हरिवनमा एमाले अगाडी, मलंगवामा कांग्रेसको अग्रता

 लालबन्दी, हरिवनमा एमाले अगाडी, मलंगवामा कांग्रेसको अग्रता

मलंगवा : सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकामा नेकपा एमाले अगाडी रहेको छ । ताजा मतपरिणाम अनुसार लालबन्दीमा एमाले प्रमुख मानवहादुर खड्का ८ सय २४ मतका साथ अग्रस्थानमा रहेका छन् । खडकालाई माओवादी केन्द्रका इन्द्र योन्जनले ४ सय ६४ मत ल्याएर पछ्याइरहेका छन् । नेपाली कांग्रेसका कुबेर आचार्य ४ सय ४२ मतका साथ तेश्रो स्थानमा रहेका छन् । उपप्रमुखमा एमालेको ७ सय ७, माओवादीको ४ सय ९२ र कांग्रेसको ३ सय ६६ मत रहेको छ ।

हरिवन नगरपालिकामा एमालेका गणेश प्रसाई ९ सय ५१ मतका साथ अगाडी रहेका छन् । प्रसाईलाई माओवादीका कमल बुढाथोकीले ८ सय ३३ मत ल्याएर पछयाईरहेका छन् । नेपाली कांग्रेसका दिलिपराज भण्डारीको ४ सय ५७ मत रहेको छ । उपप्रमुखमा एमालेको ९ सय ४०, माओवादीको ८ सय ३३ र कांग्रेसको ४ सय ५३ रहेको छ ।

मलंगवा नगरपालिकामा नेपाली कांग्रेसका निरसल साह ५ सय ३ मतका साथ अग्रस्थानमा रहेका छन् । साहलाई स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद यादवले ३ सय ४ मतका साथ पछ्याइरहेका छन् । राजपाको नागेश्वर राय २ सय ५८ मतका साथ तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.