महोत्तरीको बर्दिबासमा कांग्रेसको अग्रता
महोत्तरी : बर्दिवास नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार प्रलाद क्षेत्रीले १९८३ र उपमेयरमा कांग्रेसका तारादेवी महतोले १४३८ मत ल्याई अग्रस्थानमा रहेका छन् ।
एमालेका मेयर उम्मेदवार सुरेशबहादुर राउतले १०५०, र उपमेयरमा कमला वाइवाले १५८८ मत ल्याएका छन् । माओवादीका मेयर उम्मेदवार विदुर कार्कीले ११६९ र उपमेयरमा कृष्णकुमारी गौतमले ११४ मत ल्याएका छन् । राजपाका अनिल बस्नेतले १३० उपमेयरमा आशा लामाले १२२ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।