परराष्ट्रमन्त्री महरा राष्ट्रसङ्घको महासभाको उद्घाटन समारोहमा

परराष्ट्रमन्त्री महरा राष्ट्रसङ्घको महासभाको उद्घाटन समारोहमा

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसङ्घको ७२औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन्। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित शान्तिका लागि प्रयास तथा दीगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ।

महासभाको उद्घाटनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले सम्बोधन गरे।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबरदस्ती श्रम, आधुनिक दास तथा मानव तस्करीसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए। सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए।

त्यसअघि परराष्ट्रमन्त्री महरा दीगो विकासका लागि पानी भन्ने अन्तरक्र्रियामा सहभागी भएका थिए। सो अन्तरक्र्रिया सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्न सक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महराले सहभागीता जनाए। त्यसलगतै उनी महासचिव एन्टोनियोले आयोजना गरेको भोजमा सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.