प्रचण्ड भन्छन् : गोरखामा बाबुरामले छोडेमात्रै चुनावी तालमेल

प्रचण्ड भन्छन् : गोरखामा बाबुरामले छोडेमात्रै चुनावी तालमेल

गोरखा ः नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गोरखामा नयाँशक्ति र माओवादीबीच चुनाबी तालमेल असम्भव घोषणा गरेका छन् । चुनाबी कार्यक्रमको सिलसिलामा बुधबार बाबुरामकै गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुरामले आफ्नो उम्मेद्वारी त्यागेर माओवादीलाई सघाए मात्रै तालमेल सम्भव भएको बताए ।

 ‘गोरखामा नयाँशक्तिसँग तालमेल सम्भव छैन' पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले भने ‘यदि उहाँले माओवादीलाई छोड्दििनु भयो भनेचाहिँ एकता हुन्छ । गोरखा जिल्लामा हाम्रो पार्टीको बलियो जनाधार छ । त्यसैले यहाँ नयाँशक्तिसँग तालमेलको सम्भावना छैन ।' अरु जिल्लामा भने विभिन्न पार्टीसँग तालमेल गरेर चुनाबमा जाने उनले बताए ।

चुनावको तयारीका लागि बुझ्ने र बुझाउने क्रममा गोरखा आएको बताउँदै प्रचण्डले गोरखा ‘स्थानीय तहको चुनाबमा पनि काङ्ग्रेस, एमाले र सानापार्टी सबैसँग तालमेल भएकै हो' उनले भने ‘आउने चुनावमा पनि त्यही नीति अनुसार जहाँ जहाँ जो जो सँग सजिलो हुन्छ उसैसँग चुनावी तालमेल हुन्छ ।' उनले गोरखाका लागि उम्मेद्वारको घोषणा आजै हुने पनि बताए ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माहोल बनाउनु पर्नेमा जोड दिए । ‘कम्तीमा पाँचबर्ष स्थायी सरकारका लागि प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख चाहिन्छ' उनले भने ‘यो एजेण्डामा नेपाली कांग्रेस, एमाले, मधेशी सबैले पनि सहमति जनाइसकेको थियो । नेपाल जहिले पनि अस्थिर हुनबाट बचाउन र राष्ट्रिय एकताका लागि पनि यो बिषयमा गम्भीर रुपले लाग्नु पर्छ ।'

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले प्रदेश र संघको चुनाब यही सरकारले गराउने स्पष्ट पारे । चुनाबअघि आफ्नो पार्टीले सरकारको नेतृत्व नगर्ने उनले स्पष्ट पारे । प्रचण्डले बिहान गोरखाका कार्यालय प्रमुखसँग भेटघाट गरी गोरखा नगरपालिका १२ मा आयोजित पार्टीको प्रशिक्षणमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.