वीरगन्ज महानगरको मेयर र उपमेयरमा राजपाको अग्रता कायमै (अपडेट)

वीरगन्ज महानगरको मेयर र उपमेयरमा राजपाको अग्रता कायमै (अपडेट)

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेको प्रदेश नम्बर –२ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता कायमै राखेको छ।  बुधबार दिउँसो सवा २ बजे गणना गरिएको ५२८७ मतको परिणाम अनुसार मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह १४ सय २५ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १२ सय २८ मतका साथ पछ्याइरहेका छन्।

मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी ६७८ मतका साथ तेश्रो र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी ५६५ मतका साथ चौथो स्थानमा छन्।

यस्तै मेयरमै एमालेका उम्मेदवार बसरुद्धिन अन्सारी ५१६ मतका साथ पाँचौँ स्थानमा र ३७५ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन्।

यस्तै उपमेयरमा पनि राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता रहेको छ। उपमेयरमा राजपाकी उम्मेदवार मिश्राले १४०३ मत ल्याएकी छिन्।

उपमेयरमा कांग्रेसकी उम्मेदवार शान्ति कार्की १३ सय १४ मतका साथ दोश्रो, फोरम नेपालकी उम्मेदवार पिंकी यादव ६६८ मतका साथ तेश्रो , एमालेकी उम्मेदवार सोफिया आचार्य ५९३ मतका साथ चौथो, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ४३८ मतका साथ पाँचौ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ३०७ मतका साथ छैठौं स्थानमा छिन्।

कुल एक लाख आठ हजार पाँच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो।

वीरगन्ज महानगरपालिको वडा नम्बर १, २ , ३ , ४ , ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.