एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँ: प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.