महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक
गौशाला: प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन्। अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताएका छन्।