आन्दोलनको ‘सेन्टीमेन्ट’ले साख जोगाउँदै राजपा

आन्दोलनको ‘सेन्टीमेन्ट’ले साख जोगाउँदै राजपा

जनकपुरधाम : स्थानीय तहको दुई चरणको निर्वाचनमा सहभागि नभई तेस्रो चरणमा आठ जिल्लाको चुनावी प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपाल, मधेस आन्दोलनको ‘सेन्टीमेन्ट’ले जोगिदैं गएको छ । संविधानमा मधेसी जनताको अधिकारलाई सुनिश्चित गराउन संशोधनको मांग सहित दुई चरणको निर्वाचनमा भाग नलिएको राजपा संशोधन विधेयक संसदमा पेश भएपछि चुनावको समर्थनमा आएको हो ।

 

मधेसलाई एजेण्डा बनाएर अघि बढेको राजपालाई सोही मधेसी जनताको ‘सेन्टीमेन्ट’ले अहिले प्रमुख नगरहरुमा मुख्य प्रतिस्पर्धी बनाएको छ । आठ जिल्लामध्ये एकमात्र महानगरपालिका विरगञ्जमा मेयर पदमा नेपाली कांग्रेस भन्दा अगाडि रहेको राजपाले जनकपुर उपमहानगरपालिकामा तेब्बर मतले कांग्रेसलाई पछि पारेको छ । 

त्यसैगरी गौर नगरपालिका, जलेश्वर नगरपालिका लगायत प्रदेश नम्बर २ को प्रमुख शहरहरुमा राजपाको बर्चस्व सहजै कायम हुने प्रारम्भिक मतगणनाले देखिएको छ । निर्वाचन आयोगबाट सार्वजनिक गरिएको यस प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये पहिलो नतिजामा राजपाले अग्रता देखाएको छ ।

धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राजपाबाट मेयर पदमा युवा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन् भने मधेस आन्दोलनमा निकै सक्रिय रेणु झा उपमेयर पदमा विजयी भएकी छिन् । मण्डल ३३२० मत ल्याई मेयरका विजेता भएका हुन् भने झाले उपमेयरमा ३२७६ मत ल्याएर जित हात पारेकी छिन् ।

२०४६ पछि भएका सबै निर्वाचनमा कांग्रेसको गढ रहेको हसंपुर नगरपालिकामा राजपा जित्नु मधेस आन्दोलनकै उपलब्धी रहेको सर्वसाधारणहरु बताउंछन् । २०४७ सालमा भएको संसदीय निर्वाचनमा कांग्रेसका आनन्द ढुंगानाले सो क्षेत्रबाट जित हात पारेका थिए । २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रबाट कांग्रेस नेता काशिकान्त झा गाविस प्रमुखमा निर्वाचित भए भने २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस नेता काशिकान्त झा नै विजयी भए ।

२०५१ र २०५६ को संसदीय निर्वाचनमा कांग्रेसका ढुंगानाले नै सो क्षेत्रलाई प्रतिनिधित्व गरे भने पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका रामकृष्ण यादवले सो क्षेत्रबाट विजय हासिल गरेका थिए । कांग्रेसको राम्रो पकड भएको हंसपुर क्षेत्रलाई राजपाले २० वर्षपछि जितेको हो ।

बुधबार सांझ सम्मको मतपरिणाम अनुसार राजपाले १ नगरपालिका सहित ८ जिल्लाका २४ वटा वाडमा जित हासिल गरेको छ । प्रदेश नम्बर २ मा समग्र रुपमा हाल कांग्रेसले सबै भन्दा बढि स्थानीय तहमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.