सिरहाको पाँच स्थानीय तहको नतिजा सार्वजनिक
सिरहा : सिरहाको १७ स्थानीय तहमध्ये एक नगरपालिका र चार गाउँपालिकाको चुनावी नतिजा सार्वजनिक भएको छ। माओवादी केन्द्र र संघीय समाजवादी फोरम दुई/दुई स्थानीय तह जितेका छन् भने नेपाली कांग्रेसले पनि एक स्थानीय तहमा बाजी मारेको हो।
माओवादी केन्द्रले कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिकामा कब्जा जमाएको छ। यी दुई स्थानीय तहमा प्रमुख–उपप्रमुख दुबै माओवादी केन्द्रले जितेको हो। यस्तै फोरमले भगवानपुर र विष्णुपुर गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। कांग्रेस भने नवराजपुर गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। नवराजपुर काँग्रेस नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादबको गाउँ हो।
कहाँ को निर्वाचित भए ?
१) कर्जन्हा नगरपालिका
मेयर ः गंगा पासवान (माओवादी केन्द्र)
उपमेयर ः ज्ञानकुमारी श्रेष्ठ (माओवादी केन्द्र)
२) नवराजपुर गाउँपालिका
अध्यक्ष ः मोहन प्रसाद यादब (नेपाली काँग्रेस)
उपाध्यक्ष ः शोभा कुमारी यादब (नेपाली काँग्रेस)
३) विष्णुपुर गाउँपालिका
अध्यक्ष ः जागेश्वर यादब (संघीय समाजवादी फोरम)
उपाध्यक्ष ः अरहुलीदेवी सिंह (संघीय समाजवादी फोरम)
४) अर्नमा गाउँपालिका
अध्यक्ष ः ठकु महतो (माओवादी केन्द्र)
उपाध्यक्ष ः सियावती मुखिया (माओवादी केन्द्र)
५) भगवानपुर गाउँपालिका
अध्यक्ष ः बेचन प्रसाद यादब (संघीय समाजवादी फोरम)
उपाध्यक्ष ः सितादेवी यादब (संघीय समाजवादी फोरम)
कुन पार्टीको कहाँ अग्रता ?
संघीय समाजवादी फोरमको अग्रता ः वरियारपट्टी गापा, लक्ष्मीपुर पतारी गापा, औरही गापा र सुखिपुर नपा
माओवादी केन्द्रको अग्रता ः गोलबजार नपा, धनगढीमाई नपा र मिर्चैया नपा
काँग्रेसको अग्रता ः सिरहा नपा र नरहा गापा
एमालेको अग्रता ः सखुवा ननकारकट्टी गापा र लहान नपा
राजपाको अग्रता ः कल्याणपुर नगरपालिका