बाराको चार स्थानमा मतगणना रोकियो

बाराको चार स्थानमा मतगणना रोकियो

सिमरा : राजनीतिक दलको प्रतिनिधिले विवाद निकालेपछि बाराको १६ स्थानीय तहमध्ये चार तहमा मतगणना रोकिएको छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कोल्हवी नगरपालिका, आदर्श गाउँपालिका, बारागढी गाउपालिका र सुवर्ण गाउँपालिकमा मतगणना रोकिएको हो । बारागढीमा आइतबार साँझदेखि रोकिएको छ भने अन्य तहमा मंगलबारदेखी गणना हुन सकेको छैन ।

 

कोल्हवी नगरपालिकामा मतपरिणामको विषयलाई लिएर विवाद निस्केपछि दलीय बैठक बसेर सहमतिको प्रयास खोजिदैछ । मतगणनामा खटिएका कर्मचारीले एमाले मेयर उम्मेदवार भरत भण्डारीको मत बढी सार्वजनिक गरेको भन्दै अन्य दलका प्रतिनिधिले विवाद निकालेपछि मतगणना रोएिको हो । प्रमुख निर्वाचन अधिकृत थापाले कर्मचारीले माइकिङ गर्ने बेला भुलबस बढी उल्लेख गरेपछि विवाद निस्किएको र छलफल गरेर टुंग्याउने प्रयास भइरहेको बताए ।

आदर्श कोतवाल गाउँपालिकामा पनि मतपरिणामको विषयलाई लिएर गणना रोएिको छ । बारागढी गाउँपालिकामा दुइदिन देखी गणना हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले आफ्नो उपस्थितिबिना मतपेटिका खोलिएको भन्दै गणना रोकेको निर्वाचन अधिकृत थापाले बताए । मुचुल्का उठाउने क्रममा सबै प्रतिनिधिको उपस्थितिमा खोल्नुपर्ने सहमति भएपनि माओवादी प्रतिनिधि मतगणनास्थलमा नरहेका बेला मतपेटिका खोलिएपछि विवाद उत्पन्न भएको हो । गणना सुरु गर्नका लागि छलफल भइरहेको छ ।

सुवर्ण गाउँपालिकामा नेपाली कांग्रेसका प्रतिनिधिको अवरोधका कारण गणना रोकिएको छ । गणना सुरु हुनुअघि बसेको दलीय बैठकमा पहिलो र अन्तिम वडा खोलेर क्रमश त्यसैअनुसार गणना गर्ने सहमति भएपनि कांग्रेसका प्रतिनिधिले दुई नम्बर वडा पहिला खोल्नुपर्ने अडान लिएपछि समस्या भएको निर्वाचन अधिकृत थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.