वीरगन्ज महानगरमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा

वीरगन्ज महानगरमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेको प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रतालार्इ कायमै राखेका छन्। बुधबार रातिसम्म राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता लिएकोमा कांग्रेसका उम्मेदवारले राजपालार्इ पछाडी पार्दै अग्रता लिएका थिए।

बिहीबार विहान ११ बजेसम्म ११ हजार ७ सय मत गणना हुँदा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार अजय द्धिवेदीले २६ सय ४ मतसहित अग्र स्थानमा छन् भने उनलार्इ राजपाका मेयरका उम्मेदवार राजेशमान सिंह २५ सय ५८ मतका साथ पछ्याइरहेका छन्। मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी तेश्रो स्थानमा छन्। उनले १७ सय ५० मत पाएका छन्।

माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी १४ सय २८ मतका साथ चौथो स्थानमा छन्। मेयरमै एमालेका उम्मेदवार बसरुद्धिन अन्सारी १२ सय ४९ मतका साथ पाँचौं स्थानमा र ७ सय ८८ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन्।


यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार शान्ति कार्की २९८० मतका साथ सबैभन्दा अगाडि छिन् भने राजपाका उम्मेदवार रम्भा मिश्राले उनलार्इ पछ्याइरहेकी छिन्। राजपाकी उम्मेदवार मिश्राले २३४८ मत ल्याएकी छिन्।

फोरम नेपालकी उम्मेदवार पिंकी यादव १७१४ मतका साथ तेश्रो, एमालेकी उम्मेदवार सोफिया आचार्य १४६३ मतका साथ चौथो , माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री १०१२ मतका साथ पाँचौं र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ६ सय ३८ मतका साथ छैठौं स्थानमा छिन्।

कुल एक लाख आठ हजार पाँच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो। 

वीरगन्ज महानगरको अन्तिम नतीजा असोज १० गते राति सम्म सार्वजनिक गर्ने गरि मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.