२१ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते?

२१ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते?

असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म २१ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमध्ये एउटा तहबाहेक सबै तहमा यतिबेला मतगणना जारी छ।अहिलेसम्म नेपाली कांग्रेस ७ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ४ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम २, लोकतान्त्रिक फोरम २ र राजपा ३ ठाउँमा विजयी भएका छन्।

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका,धनुषा
२. जनकनन्दिनी गाउँपालिका,धनुषा
३. नवराजपुर गाउँपालिका,सिरहा
४. बिष्णुपुर गाउँपालिका,सप्तरी
५. धनकौला गाउँपालिका
६. करैयामाइ गाउँपालिका,बारा
७.परोहा नगरपालिका, रौतहट 

एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह

१. कर्जन्हा नगरपालिका,सिरहा
२.अर्नामा गाउँपालिका,सिरहा

३ ठोरी गाउँपालिका, पर्सा

संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह

राजपाले जितेका स्थानीय तह

१. हंशपुर नगरपालिका,धनुषा
२.कौडेना गाउँपालिका,सर्लाही
३.देवताल गाउपालिका, बारा

 

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२.बिष्णु गाउँपालिका,सर्लाही


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.