सर्लाहीको कौडेना गाउँपालिका राजपा विजयी
सर्लाही: राजपाको गढ मानिएको सर्लाहीमा अहिले सम्म राजपाले एक स्थानमा विजयी हासिल गरेको छ। कौडेना गाउँपालिकाको अध्यक्षमा राजपाका रामप्रसाद राय यादव ३ हजार ५ सय ४२ मतका साथ विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दीमा कांग्रेसका रुपेशकुमार यादव ३ हजार मत ल्याएका छन्।उपाध्यक्षमा राजपाकी सुनिता चौधरी ३ हजार ५ सय २९ मत सहित विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्दीमा कांग्रेसकी ईन्द्रकला देवी २ हजार ९ सय ४७ मत ल्याएका छन्।
राम प्रसाद राय यादव पनि फूलपरासी गाविसका पूर्व गाविस अध्यक्ष हुन । उपाध्यक्षमा जितेकी सुनिता कौडेना गाविसका पूर्व गाविस अध्यक्षकी पत्नी हुन्।