पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी
वीरगन्ज: पर्साका ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएका हुन्।
ठोरी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठलाइ चार सय ३४ मत अन्तरले पराजित गर्दै माओवादी केन्द्रका पिएल श्रेष्ठ बिजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका पिएल श्रेष्ठले दुई हजार आठ सय ३ मत पाए भने उनका एमालेका लाल बहादुर श्रेष्ठले दुई हजार तीन सय ६९ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार जरी लामा थिङले भने एक हजार आठ सय ९२ मत पाए।
यस्तै ठोरी गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै शान्तीमाया थिङ दुई हजार चार सय ८५ मतका साथ बिजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्दी एमालेकी उम्मेदवार गोकुली देवी रेग्मीले दुई हजार तीन सय १८ मत र अर्की उम्मेदवार कांग्रेसकी गीता देवी बिष्टले भने एक हजार नौ सय ५६ मत मात्रै प्राप्त गरिन्।
पाँच वटा वडा रहेको ठोरी गाँउपालिकामा वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका राम प्रकाश कुँवर, वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका किशोर तामाङ, वडा नम्वर ३ को अध्यक्षमा माओवादी केन्द्रका सुर्य लामा, वडा नम्वर ४ को अध्यक्षमा माओवादी केनद्रका बइब बहादुर पाख्रिन र वडा नम्वर ५ को अध्यक्षमा एमालेका राम बहादुर पाख्रिन विजयी भएका छन्।