कांग्रेसबाट टिकट नपाएका सिद्धार्थ माओवादीबाट गाउँपालिकामा विजयी

कांग्रेसबाट टिकट नपाएका सिद्धार्थ माओवादीबाट गाउँपालिकामा विजयी

सिरहा: नेपाली कांग्रेसले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवार बनेका सिद्धार्थ यादब औरही गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्।

उनले संघीय समाजवादी फोरमका अध्यक्ष उम्मेदवार शिवजी यादबलाई झिनो मतल पराजित गरेका हुन्। निर्वाचित सिद्धार्थले २६ सय ५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी शिवजीले २६ सय ५२ मत ल्याए।

औरही १ र २ वडाको मतगणना हुँदासम्म सिद्धार्थ अग्रता लिएका थिए। पछि शिवजीले उनलाई पछारेर अगाडी बढे। ५ नम्वर वडाको मतपेटिका खुल्दा एकाएक सिद्धार्थ अगाडी भए र मात्र ६ मतले निर्वाचित हुन सफल भए।

सिद्धार्थ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष थिए। कांग्रेसले औरही गाउँपालिकामा सुभाष यादबलाई टिकट दिएपछि मनोनयन दर्ताको दिन सिद्धार्थ रुष्ट भएर माओवादी केन्द्रमा प्रवेश गरे। पार्टी प्रवेश गरेलगत्तै माओवादीले उनलाई टिकट दिने निर्णय गरेको थियो।

यस्तै उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सितादेवी यादब विजयी भएकी छिन। उनले २६ सय ३२ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवझरी देवी यादब २४ सय ५९ मत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.