आफ्नै नेताले पास गरेको शिक्षा ऐनको विद्यार्थीद्वारा विरोध

 आफ्नै नेताले पास गरेको शिक्षा ऐनको विद्यार्थीद्वारा विरोध

काठमाडौं: आफ्नै दलको संलग्नतामा संसदले गत मंगलबार पारित गरेको शिक्षा ऐन शंसोधन सम्बन्धि विद्येयकको, विद्यार्थी संगठनले विरोध गरेका छन्। उनीहरुले विहिबार पत्रकार सम्मेलन गरेर शंसोधित ऐन खारेज गर्न सरकारसँग माग गरेका छन्।

 

ऐन आरेज नगरिए कडा आन्दोलनम उत्रने उनीहरुले चेतावनी दिएका छन्।पत्रकार सम्मेलनमा एमाले निकट अनरोस्ववियुकी अध्यक्ष नविना लामाले संशोधित विद्येयक तत्काल खारेज गर्नुपर्ने बताइन्।

सरकारलाई दवाव दिने उद्देश्यले उनीहरुले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।जस अनुसार असोज ६ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सात गते मुख्य दलका नेतालाई ज्ञापन पत्र बुझाउने, आठ गते विज्ञहरुको संलग्नतामा सडक वहस गर्ने लगायतका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्।

संसदले मंगलबार शिक्षा ऐनको आठौं शंसोधन भएको करिव वर्ष दिनपछि नवौं शंसोधन सम्बन्धि विद्येयक पारित गरेको थियो।नवौं शंसोधनमार्फत मुलुकभरका सामूदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने नाममा ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशतलाई मात्र खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने नितिगत व्यवस्था गरिएको छ।

यसअघि शिक्षावीदहरु केदारभक्त माथेमा, मनप्रसाद वाग्ले लगायतले पनि ऐन संशोधनप्रति आपत्ति जनाउँदै मुख्य दलका जिम्मेवार नेताहरु नै विद्यालय शिक्षालाई ध्वस्त पार्न सक्रिय रहेको आरोप लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.