सर्लाहीको रामनगर गाउँपालिकामा कांग्रेस विजयी
सर्लाही: सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका कृष्णप्रसाद बर्मा ३ हजार ९ सय ८३ मत ल्याएर विजय भएका छन्। बर्माका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुलाल राय यादवले ३ हजार ३ सय १६ मत ल्याए।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा नितुदेवी यादव ३ हजार ९ सय ५७ मतका साथ विजयी भएकी छिन्। उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीतादेवी गीतादेवी ३ हजार ४ सय २७ मत ल्याइन्।
अहिलेसम्म नेपाली कांग्रेसले ३ वटा वडा, माओवादी केन्द्रले ३ वटा वडा र राजपाले एक वडा वडामा जित निकालेको छ।