वीरगन्ज३०मा पुन: मतगणना गर्न कांग्रेसको माग

 वीरगन्ज३०मा पुन: मतगणना गर्न कांग्रेसको माग

वीरगन्ज: वीरगन्ज महानगरपलिकाको वडा नम्बर ३० मा पुन: मतगणना गर्न माग गर्दै चार वटा दलले माग गरेका छन्। नेकपा एमालेका अमानत अन्सारी वडा अध्यक्षमा निर्वाचित भइसकेको वडा नम्बर ३० को मतगणना फेर गर्न माग गर्दै नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाले बिहिबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।

 

वडा नम्बर ३० को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार अली हुसेन देवानलाइ ११ मत अन्तरले पराजित गर्दै एमालेका अन्सारी विजयी भएको घोषणा बुधबार राति ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो।

बिहिबार पुन मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटै दलका वडा अध्यक्षका उम्मेदवारले निवेदन दिएलगत्तै काँग्रेस पर्साका सभापति एंव वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेदवार अजय द्विवेदीले पत्रकार सम्मेलन गरेर वडा नम्बर ३० को मतगणना पुन गर्न माग गर्दै निवेदन दिएको जानकारी गराए।

बुधबार राति निर्वाचन कार्यालयका कर्मचारीहरुले नै वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारीलाइ चार मतको अन्तरले पाजित गर्दै काँग्रेसका उम्मेदवार देवान निर्वाचित भएको भनेर जानकारी गराएको र त्यसकै आधारमा सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरिसकेको अवस्थामा आधा घण्टा पछि मुख्य निर्वाचन अधिकृतले एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गरेपछि आफुहरुमा शंका उत्पन्न भएको द्विवेदीले बताए।

बुधबार राति काँग्रेसको उम्मेदवार विजयी भएको समाचार पनि जताततै आइसकेको थियो, एमालेका साथीहरुले पनि हामीलाइ बधाइ दिइरहेका थिए, द्विवेदीले भने, 'तर आधा घण्टापछि अचानक एमालेका उम्मेदवार विजयी भएको घोषणा गरियो, त्यो आधा घण्टाको अवधीमा एमालेका सांसदहरु र नेताहरु आएर निर्वाचन अधिकृतहरुलाइ भेट्नु भएको रहेछ, त्यसका कारण हामीलाइ शंका भएको छ।'

पुन: मतगणनाका लागि चार वटा दलका उम्मेदवारले निवेदन दिएको भन्दै द्विवेदीले भने, 'यस बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले के गर्छ, त्यसपछि हामीले कानूनी उपचार खोज्छौं।' उनले ३० नम्बर वडाको विवादको विषयलाइ लिएर अन्य वडाको मतगणना भने नरोक्ने स्पष्ट पारे।

बुधबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका उम्मेद्वार अन्सारी ४६६ मतका साथ विजयी भएको घोषणा गरेको थियो ।उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका देवानले चार सय ५५ मत प्राप्त गरेका हुन्।

दुइ हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा एक हजार सात सय २४ मत मात्र खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गर्नु अघि भने वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार देवान चार सय ५० मतका साथ विजयी भएको भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले सन्चारकर्मीहरुलाइ जानकारी दिएका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा अध्यक्षमा एमालेका उम्मेदवार अन्सारी विजयी भएको घोषणा गर्नु अघि अन्सारी स्वंयले पनि सन्चारकर्मीका सामु आएर आफुलाइ मतगणनामा खटिएका कर्मचारीहरुले मत गन्ने क्रममा गोलमाल गरि हराएको गुनासो गरेका थिए।

सोमबार भएको निर्वाचनमा वडा नम्बर ३० मा एक हजार सात सय ६६ मत खसेको भएपनि मतगणनाका क्रममा कर्मचारीहरुले एक हजार सात सय २४ मत मात्र खसेको बताएको अन्सारीले बताएका थिए।

मतगणनामा कर्मचारीहरुले गोलमाल गरेर मत गणना गरिरहदा आफना प्रतिनिधीले विरोध जनाएपनि मतगणना स्थलामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले धम्की दिएर जबरजस्ति मुचुल्कामा सहीछाप गर्न लगाएको अन्सारीले बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.