कर्जन्हाका निर्वाचित जनप्रतिनिहरुले खाए शपथ

कर्जन्हाका निर्वाचित जनप्रतिनिहरुले खाए शपथ

सिरहा: कर्जन्हा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले बिहीबार अपरान्ह एक समारोहबीच देश र जनताका नाममा शपथ लिएका छन्।

कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले मेयर गंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रेष्ठसहित ११ वटै वडाध्यक्षलाई शपथ खुवाएका हुन्।

निर्वाचन अधिकृतबाट शपथ खाएका मेयर पासवानले वडा सदस्यहरुलाई शपथ खुवाएका थिए।मेयरको शपथ लिएपछि पासवानले निर्वाचनको समयमा आफूले जनाएको सबै प्रतिबद्धता पुरा गर्ने बताए। उनले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरी नगरलाई नमूना बनाउने बताए।

यस्तै उपमेयर श्रेष्ठले समाजमा महिलाहरुमाथि भईरहेको विभेदपूर्ण व्यवहारको अन्त्य गरी महिलाहरुलाई पनि समान अवसरका लागि काम गर्ने बताईन्। उनले आफूले पाएका जिम्मेवारी इमान्दारीता पूर्वक बहन गर्ने प्रतिवद्धता पनि जनाइन्।

सिरहाको १७ स्थानीय तहमध्ये असोज २ गते भएको निर्वाचनपछि भएको मतगणनामा कर्जन्हा जिल्लाकै पहिलो नतिजा घोषणा गर्ने नगर भएको थियो। कर्जन्हामा माओवादी केन्द्रबाट मेयर पासवान ४ हजार ३ सय ९ मत र उपमेयर श्रेष्ठ ४ हजार ३ सय १३ मत ल्याएर विजयी भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.