हनुमाननगर कंकालिनी नगरपालिकाको मतगणना स्थगित

 हनुमाननगर कंकालिनी नगरपालिकाको मतगणना स्थगित

राजविराज: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मतगणना बिहीबार साँझबाट रोकिएको छ।वडा नम्बर ५ मा खसेको मतसंख्या भन्दा घटेको र वडा नम्बर ६ मा केही मत बढेको भन्दै फोरम नेपाललगायतका दलले मतगणना प्रक्रिया बहिष्कार गरेपछि गणना रोकिएको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए।

 फोरमका तर्फबाट मतगणना प्रतिनिधी रहेका शम्भु झाले एउटा मतपेटिकामा मत घटेको र अर्कोमा बढेको तथा अन्य वडामा १० प्रतिशतभन्दा बढी बदर भइरहेको अवस्थामा सो दुई वडामा दुई प्रतिशतभन्दा पनि कम बदर मत देखिएकोले बुथ क्याप्चर गरी मत हालेको प्रष्ट भएको भन्दै मतगणना प्रक्रिया बहिष्कार गरेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.