रौतहटका ८ तहको नतिजा सार्वजनिक

रौतहटका ८ तहको नतिजा सार्वजनिक

रौतहट : रौतहटको १८ स्थानीय तह मध्ये शुक्रवार बिहानसम्म ८ वटा तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये काग्रेस-४, माओवादी-२, संघीय समाजवादी फोरम-१, नेपाल लोकतान्त्रिक फोरम-१ मा विजयी भएका छन् । नेपाली कांग्रेस चन्द्रपुर, गढीमाई, परोहा, फतुवा बिजयपुर नगरपालिकामा बिजय भएको छ ।

माऔवादी केन्द्र मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका, यस्तै नेपाल लोकतान्त्रिक फोरम ईसानाथ नगरपालिका र संघीय समाजबादी फोरम नेपालले देबाही गोनाहीमा विजय भएको छ । रौतहटको चन्द्रपुरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरी र उपमेयर एमालेकी रामरती चौधरी, फतुवा विजयपुरमा कांग्रेसका मेयरका उम्मेदवार गोपाल राय यादव, उपमेयर अमबेया खातुन विजयी भएका छन ।

 

गढीमार्ई नगरपालिकामा नेपाली कांग्रेसका श्याम बाबु यादव, उपमेयरमा सुभद्रा गुप्ता, परोहा नगरपालिकामा नेपाली कांग्रेसीका शेष वकिल र उपमेयरमा सुगान्धी देवी विजयी भएका छन ।

देबाहीगोनाही नगरपालिका संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार धर्मेन्द्र पटेल र माओवादी केन्द्रका उपमेयर उम्मेदवार कौशिल्या देवी यादव बिजयी भएका छन । यमुनामाई गाउपालिकामा माओबादी केन्द्र अध्यक्षका उम्मेदवार श्र्रीप्रसाद मुखिया बीन र उपाध्यक्षमा गीता देवी साह विजयी भएका छन् ।

मौलापुर नगरपालिकाको मेयरमा माओबादी केन्द्रकी रीना कुमारी साह र उपमेयरमा गौरी शंकर प्रसाद विजयी भएका छन् । ईशानाथ नगरपालिको मेयरमा नेपाल लोकतान्त्रिक फोरमकासन्तोष मेहता र उपमेयरमा हुसनी आरा खातुन विजयी भएका छन । रौतहटका १६ नगर र २ गाउपालिका मध्ये एक गाउँपालिका र ७ नगरपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.