धनुषाका १८ मध्ये ७ तहको नतिजा सार्वजनिक

धनुषाका १८ मध्ये ७ तहको नतिजा सार्वजनिक

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा काँग्रेसका योगेन्द्र पञ्जियार र उपमेयरमा रचना श्रेष्ठ विजयी भएका छन् । पञ्जियारले ५८९९ मत ल्याई विजय प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी संघिय समाजवादी फोरमका सुकदेव यादवले ३५०० सय मत प्राप्त गरेका छन् । उप प्रमुखमा काँग्रेसकी श्रेष्ठले ५६९८ मत प्राप्त गरेकी छिन् ।

यस विजयका साथै धनुषाको १८ वटा स्थानीय तहमध्ये ७ वटाको परिणाम सार्वजनिक हुँदा काँग्रेस ४ तहमा विजयी भएको छ । जिल्लाको धनौजी गाउँपालिकामा काँग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याई प्रमुखमा विजयी भएका छन् भने । उपाध्यक्षमा कांग्रेसकै रामवती देवी मण्डल २३२७ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी राजपा नेपालका जिवेन्द्र झा र उपाध्यक्षमा प्रतिस्पर्धी निर्मलादेवी मण्डल रहेका थिए ।

 

धनुषाको जनकनन्दनी गाउँपालिकामा पनि कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका अब्दुलवारिक शेष २ हजार ७ सय १७ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमका विपिनदेव यादवले २१८० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भारती कार्की ३०५१ म्त ल्याई विजयी भएकी छिन् ।

त्यस्तै औरही गाउँपालिकामा नेपाली कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् । उनले २५६९ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमाशंकर प्रसाद साह १९०४ मत पाएर पराजित भएका हुन् ।

यता, नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिको प्रभाव क्षेत्र रहेको धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा एमालेले जित हात पारेको छ । नेपालकै सबैभन्दा तल्लो क्षेत्रमा पर्ने यस गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

सो गाउँपालिकाको अध्यक्ष पदमा एमालेका मनोजकुमार यादव ३५४० मत ल्याई विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै मिरादेवी महतो ३५७० मत ल्याई जित हात पारेकी छिन् । यादवका निकटतम प्रतिद्धन्दी काँग्रेसका रामबाबु यादवको १९९२ मत आएको थियो । सो गाउँपालिकाको वडाध्यक्षहरुमा १,२,३,५ र ६ मा एमालेले जित हात पारेको छ भने ४ मा स्वतन्त्र उम्मेदवार उदयचन्द्र झा विजयी भएका छन् ।

त्यसैगरी जिल्लाको बटेश्वर गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका डम्बर बहादुर राउत २३७७ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका रामअशिष महतो २३०३ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकै प्रमिला देवी २२९० मत ल्याई जियी भएकी छिन् । जिल्लाको हंशपुर नगरपालिकामा राजपा मेयर र उपमेयरमा विजयी भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.