मन्त्रिमण्डल विस्तारप्रति प्रचण्डको असन्तुष्टि

मन्त्रिमण्डल विस्तारप्रति प्रचण्डको असन्तुष्टि

हेटौंडाः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार बिहान हेटौंडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएकाले धेरै जे जस्ता समस्याहरु आएपनि सहेरै अघि बढेको बताए।

 

‘संघ र प्रदेशको निर्वाचनपछि देश नयाँ अध्यायमा प्रवेश गर्ने भएकाले केही महिनाको लागि कमजोरीहरु व्यहोरौं भन्ने पक्षमा हामी छौं', दाहालले भने, ‘निर्वाचन आचारसंहिता विपरित सरकार विस्तार लगायतका कुरा राम्रो होइन।'

उनले दुई नम्बर प्रदेशमा भएको शान्तिपूर्ण निर्वाचन र जनताको उत्साहपूर्ण सहभागिताको प्रशंसा गरे। ‘दुई नम्बर प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी प्रतिशत मत खसाल्न र शान्तिपूर्ण निर्वाचन गराउन हामी सफल भयौ', दाहालले भने, ‘यसले प्रदेश र संघको निर्वाचन पनि सुनिश्चित गराएको छ।' प्रदेश र संघको निर्वाचनपछि देश आर्थिक विकासतर्फ अघि बढ्ने अध्यक्ष दाहालको विश्वास छ।

पूर्वप्रधानमन्त्री दाहालले बर्तमान निर्वाचन प्रणाली सुधारको लागि पूर्ण समानुपातिक निर्वाच हुनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.