पर्सागढी नगरपालिकामा कांग्रेस विजयी

पर्सागढी नगरपालिकामा कांग्रेस विजयी

पर्सा: पर्साको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्लाको ३ वटा नगरपालिका मध्ये पर्साको पर्सागढी नगरपालिकाको मेयर कांग्रेसको कब्जामा पुगेको हो।

मेयरमा कांग्रेसका लोक नरायण यादव ६७ मत अन्तरले विजयी भए। उनले ३९६५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण पाठकले ३८९८ मत ल्याए। पर्सागढी नगरपालिकाको उपमेयरमा कांग्रेसकै अर्चना चौधरी ४५६९ ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्दी एमालेकी कालीदेवि थरुनीले ३६५० मत प्राप्त गरिन्। ९ वटा वडा रहेको पर्सागढी नगरपालिकाको अधिकांश वडामा कांग्रेसले बाजी मारेको छ।

पर्सागढी नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा कांग्रेसका तुलाराम महतो, वडा नम्बर २ मा कांग्रेसकै वेदमन दास थारु , वडा नंबर ३ मा एमालेका उद्धव उप्रेती, वडा नम्बर ४ मा कांग्रेसका समसुद्धिन देवान, वडा नं ५ मा फोरम नेपालका असलम आलम, वडा नं ६ मा कांग्रेसका किशोरी यादव, वडा नं ७ मा फोरम नेपालका रामजी साह, वडा नंबर ८ मा कांग्रेसका किशुनदेव यादव र वडा नं ९ मा एमालेका राम नारायण गौरो विजयी भएका हुन्।

यसैबीच पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। छिपहरमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको हो। अध्यक्षमा माओवादी केन्द्रका मनोज कुमार २८५१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रविनन्दन सिंहले जानकारी दिए।

निकटतम प्रतिद्धन्द्धी फोरम नेपालका इन्द्रासन साह कलावारले २६९४ मत ल्याए। उपाध्यक्षामा पनि माओवादी केन्द्रकै मोदीना खातुन २८३१ मतका साथ विजयी भइन् भने निकटतम प्रतिद्धन्द्धी फोरम नेपालकी शिशकली देविले २३७३ मत पाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.