वीरगन्‍ज महानगर: राजपालाई उछिन्दै काँग्रेस र फोरमबीच कडा टक्‍कर

 वीरगन्‍ज महानगर: राजपालाई उछिन्दै काँग्रेस र फोरमबीच कडा टक्‍कर

वीरगन्ज: तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरको मतगणना रोमान्चक देखिएको छ। मतगणना सुरु भएको मंगलबारदेखि मेयर र उमपेयरमा काँग्रेस र राजपाबीच कडा टक्कर चलिहेको थियो।तर शुक्रबार दिउँसोदेखि भने राजपालाई तेश्रो स्थानमा धकेल्दै फोरम नेपालले काँग्रेसलाई छयाइरहेको छ।

 

शुक्रबार दिउसो साढे २ बजे सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेस अघि देखिएको छ।मेयर र उपमेयर दुवै पदमा शुक्रबार दिउँसोदेखि भने काँग्रेसलाई फोरम नेपालले पछ्याइरहेको छ।

यसअघि मेयर र उपमेयर दुवै पदमा काँग्रेसलाई राजपाले पछयाइरहेको थियो। वीरगन्ज महानगरपालिकाको २२४९८ मत गनि सक्दा मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदी ४ हजार ९ सय ४९ मतका साथ अग्रस्थानमा कायमै छन्।

राजपालाई तेश्रो स्थानमा धकेल्दै दोश्रो स्थानमा उक्लिएका फोरम नेपालका उम्मेदवार विजय सरावगीले भने ४३४४ मत पाएका छन्। तेस्रो स्थानमा झरेका राजपाका राजेशमान सिंहले भने ४ हजार ३ सय एक मत ल्याएका छन्।यस्तै मेयरमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी २७४३ मतका साथ चौथो स्थानमा र नेकपा एमालेका बसरुद्दीन अन्सारी २ हजार १ सय ३२ मतका साथ पाँचौ स्थानमा छन्।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्त भने १५१० मतका साथ छैठौं स्थानमा छन्।यस्तै वीरगन्ज महानगरपालिकाको उपेयरमा पनि नेपाली काँग्रेसले नै अग्रता लिइरहेको छ। उपमेयरमा काँग्रेसकी शान्ति कार्की ५७७४ मतका साथ अगाडि छिन्।

यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव ४२७२ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ३ हजार ६७४ मतका साथ तेश्रो स्थानमा छिन्।

यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य २ हजार ६ सय १९ मतका साथ चौथो स्थानमा, माओवादी केन्द्रकी दुर्गा क्षेत्री १ हजार ८ सय ७५ मतका साथ पाचौ स्थानमा र लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव ११९२ मतका साथ छैठौ स्थानमा छिन्।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर २ , ३ , ४ र ३० को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

जसमा वडा नम्बर २ मा फोरम नेपालका अब्बास मिया , वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत नारायण साह कानू र वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी विजयी भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.