अग्नीसाइर कृष्णसवरण गाउपालिकामा कांग्रेस विजयी

 अग्नीसाइर कृष्णसवरण गाउपालिकामा कांग्रेस विजयी

राजविराज: सप्तरीमा जारी पछिल्लो मतगणना परिणाम अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष पदमा परशुराम चौधरीले ३३९५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बद्रीनारायण चौधरीले १४५३ मत प्राप्त गरेका छन्।

 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मीना चौधरीले २९४८ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमकी निशा चौधरीले १५६२ मत प्राप्त गरिन्।

हालसम्मको मतगणना परिणाम अनुसार नेपाली कांग्रेसले विष्णुपुर, बेल्ही चपेना र अग्नीसाइर कृष्णसबरन गाउँपालिका, राजपाले डाकनेश्वरी नगरपालिका र रुपनी गाउँपालिका, नेकपा (एमाले) ले सप्तकोशी नगरपालिका र संघीय समाजवादी फोरमले तिरहुत गाउँपालिकामा जित हासिल गरेको छ।

अहिलेसम्म कांग्रेस र फोरमले ३÷३ स्थानमा, एमाले र राजपाले २÷२ स्थानमा, नयाँ शक्तिले एक स्थानमा अग्रता लिएको छ। बिहीबार रातिदेखि सुरु भएको राजविराज नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा फोरम र राजपाबीच कडा प्रतिस्पर्धा देखिएको छ।उपप्रमुख पदमा एमाले र फोरमबीच कडा टक्कर देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.