महोत्तरीका पत्रकार मेयरमा निर्वाचित

 महोत्तरीका पत्रकार मेयरमा निर्वाचित

बर्दिबास: कमल चलाएर समाजको सेवा गरेका थिए। अवाज विहिनहरुको आवाज बोलेकै थिए, लेखेकै थिए। समाजमा चेतनाको सन्देश बाँड्न ओहोरात्र खटेकै थिए।यतिले मात्र पुगेन नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व अध्यक्ष हरिप्रसाद मण्डललाई। उनले असोज २ जते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आफ्नै गाउँ मटिहानी नगरपालिकाको नेतृत्व गर्ने सपना देखें।

 

युवालाई प्राथमिकतामा राख्दै राजपा नेपालले उनलाई फ्याटै मेयरमा टिकट पनि दिइहाले। उनले नगरपालिको मेयरमा उमेदवारी दिए। हेर्दा हेर्दैं उनले शुक्रबार सान्दार जित हाँसिल पनि गरेका छन्। पत्रकार मण्डलले ३ हजार ४ सय ९ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्दी नेकपा एमालेका मोहमद मुजिवुल रहमानभन्दा १ हजार ८ १२ मत बढी ल्याएर विजयी भएका हुन्। मुजिवुल रहमानले जम्मा १ हजार ५ सय ९७ मत प्राप्त गरेका थिए। बर्षैंदेखि राजनिति गर्नेहरुलाई पत्रकार मण्डलको जितले आर्चय चकित बनाएको छ।

पत्रकारिता मार्फत समाजमा सेवा पुर्‍याउदा उनलाई सबै चिन्थें। उनी मेयरमा उमेदवारी दिएको थाहा पाउदा युवा मतदाताहरुले बिशेष रुपमा पत्रकार मण्डललाई मत दिएर जिताएका छन्।

बिजय जुलुसमा उनलाई स्थानीयहरुले घरघरबाट फूलको माला, अविर लगाउँदै खादा लगाइदिए। बीस बर्षदेखि अवरुद्ध विकास नेतृत्व पाएकोमा मटिहानिका स्थानीय दंग छन्।

'कमल चलाएर समाजको लागि काम गरे। अब नागरिकलाई विकास दिन्छु। सबैको साथ, सबैको विकास नारालाई अघि सार्छु,' निर्वाचित भएका पुर्व पत्रकार मेयरले भने, 'जनताको आवश्यकता के छ भनेर मलाई राम्री थाहा छ। दुई दशक पत्रकारीता गरेर समाजले के खोजेको छ, मलाई थाहा छ। म जनताको इच्छा पुरा गर्छु।'

मेयरमा निर्वाचित मण्डल लगातार तीन कार्याकाल नेपाल पत्रकार महासंघ महोत्तरीको अध्यक्षमा रहेर काम गरिसकेका छन्।उनले २०७० सालमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट संसदीय निर्वाचनमा समेत चुनाव लडेका थिए।

मण्डल राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीका खास विश्वासका पात्र छन् । पत्रकार मण्डललाई पत्रकारीताबाट राजपा अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीले नै राजनितिमा ल्याएका हुन्।

२०४९ सालमा तथ्य साप्ताहिकका सह-सम्पादक, २०५२ सालमा रासस महोत्तरी समाचारदाताका रुपमा उनले काम गरिसकेका छन्। तराईका जिल्लामा उनी सबै राजनितिकर्मी, संचारकर्मी सामु चिरपरिचित छन्। २०५६ साल देखि नेपाल टेलिभिजनको महोत्तरी समाचारदाताका रुपमा निरन्तर ढेड दसक समाचारदाताको रुपमा काम गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.