छोरा मेयरमा जित्दा आमाको आँखामा हर्षको आँसु

 छोरा मेयरमा जित्दा आमाको आँखामा हर्षको आँसु

महोत्तरीः गौशाला बेलगाछी-८ की ७५ बर्षीय रामपरी देवीको आँखामा शुक्रबार हर्षको आँसु बग्यो। उनी हाँस्दै कान्छो छोरो शिवनाथ(भोला) महतोको शिरमा अक्षता र दुबो राखिन्।गालामा जितको उनले माला पहिराइदिइन्।अंकमाल गर्दै छोरोको गालामा मई खाइदिइन्। आशिर्वाद दिदैं उनले हर्ष बढाई गरिन्।

 

शुक्रबार रामपरीको लागि जीवनमा कहिले नभुल्ने क्षण बन्यो। रामपरीका छोरा शिवनाथ महोत्तरीको प्रमुख व्यपारी केन्द्र गौशाला नगरपालिकाको पाँच बर्षका लागि मेयरमा निर्वाचत भएका छन्। मेयरमा जितेको खुशीको खवर सुनाउन शिवनाथ वृद्धा आमा काहाँ पुगेका थिए।

'आमा तपाईको छोरो मेयरमा जित्यो' जितको खुशीले हौसिएका शिवनाथले आमासँग भने। आगनमा बसिरहेकी रामपरिको कानमा बिहान ८ बजे छोरो मेयर बनेको आवाज गुञ्जमान हुँदा उनी खुशीले भावविभोर भइन्। उनले छोरालाई भनिन्,'बाबु विकास गर्नु। तँलाई जनताले विकास गर्नलाई भोट दान गरेको छ।'

बीस वर्षदेखी स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा विकास ठप्प भएको कुराले वृद्धा रामपरीलाई पनि मन पोलेको छ। अब छोरो मेयर भएर गाउँको विकास गर्नेमा उनी पनि ढुक्क छिन्।

माओवादी केन्द्रका तर्फबाट मेयरका उमेदवार शिवनाथ ५ हजार ९ सय ४४ मत प्राप्त गरि मेयरमा विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फारेम नेपालका उम्मेदवार रामकुमारी देवीले ५ हजार मत प्राप्त गरिन्।

पदभार तथा सपथ लिदैं मेयर शिवनाथले गौशालालाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरे। ‘राजनितिक दलका प्रतिनिधि र कर्मचारीहरु मिले बीस बर्षदेखी स्थानीय निकायलाई मागि खाने भाँडो बनायो।

सबैभन्दा पहिला हामी मागी खाने भाँडो नै फुटाउँछौं। भाँडो फुटेपछि आपसे आप विकासको गति बढ्छ,' उनले भने,‘दिनभरी घुम्ने र केही नहुने नेता र सचिवको घर शहरमा कसरी बन्यो। कहाँबाट आयो। अब जनप्रतिनिधिले यि कुरा खोज्छ।'

शिक्षा, स्वास्थ्य, सडकमा गुणस्तरीय काम गरेर गौशाला नगरपालिकालाई पाँच बर्षमा नमुना बनाउने मेयर महतोले बताए। 'शिक्षाको विकास भए जनताले कसैको गुलामी गर्नु पदैंन । चेतनाले नगरमा विकासको लहर ल्याउँछ।'

'राम रामका लुट हैं। जित्ना लुट सकें, लुट ले,' भन्ने खाउपचाउ प्रवित्तिले गाउँमा सरकारले पठाएको रकम पनि सदुपयोग नभएको उनले बताए। जनताले आफुलाई विश्वास गरेर भोट दिएकोले जनताको विश्वास कायम राख्दैं गौशालालाई पाँच बर्ष भित्रमा नमुना बनाउने मेयर महतोले दावी गरे।

उनले भने, 'योजना बनाएर ठोस काम गरेर आँखा अगाडी सबैलाई देखाउँछु। कागजमा विकास गर्नेलाई कारवाही गर्छु।'किसानलाई सर्वसुलभ रुपमा विउविजन मल, खाद्य वितरण गर्ने मेयरले सुनाए।

‘किसान देशको गहना हो। यसको गम्भिरतालाई बुझेर म काम गर्छु। किसानलाई उत्पादन बढाउन उत्साहित बनाउने कार्यक्रम ल्याउँछौं।'

गौशालाका सरकारी हस्पिटललाई व्यवस्थित बनाउने देखी लिएर उनले गौशालाका पर्यटकीय सम्भावना बोकेको ठाउँको खोजी गरेर विकास गर्ने बताए।द्वन्दकाल देखी माओवादी नेताको रुपमा स्वदेश तथा विदेशमा रहेर मेयर महतोले काम गरेका छन्।

सेनाको बन्दुकबाट फड्केको गोलीबाट तीन पटक झन्डै मृत्युको मुखबाट फर्केर बाँचेको पात्र हो, गौशाला नगरपालिकाको मेयर शिवनाथ महतो अन्याय, अत्याचारको विरुद्धमा निरन्तर समुदायमा रहेर काम गर्दै आइरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.