प्रदेश २ मा नयाँ शक्तिले खाता खोल्यो

प्रदेश २ मा नयाँ शक्तिले खाता खोल्यो

राजविराज : प्रदेश नम्बर २ मा सप्तरीमा एक गाउँपालिका जितेर नयाँशक्तिले खाता खोलेको छ । प्रसिद्ध शिक्तपीठ रहेको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्तिका सुर्यनारायण मण्डल २८०५ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्ष भने राजपाका उषाकुमारी मण्डलले  १७१० मत ल्याएर विजयी भइन् ।

 

यसैगरी शनिबार संघीय समाजवादी फोरमले तीन तथा काँग्रेस र राजपाले थप एक÷एक स्थानीय तह जितेर आफ्नो संख्या बढाएका छन् । सुरुङ्गा नगरपालिकामा एमालेलाई पराजित गर्दै अग्रता कायम राखेको काँग्रेसकै बराबरीमा फारेमले विजयी सख्या चार पुर्‍याएको छ । सुरुङ्गाको प्रमुखमा एमालेका रामनारायण चौधरीलाई पराजित गर्दै काँग्रेसका मुक्तिनाथ चौधरीले ५२७९ मत ल्याएर विजयी भए । यसअघि तीन गाउँपालिका जितेको काँग्रेसको नगरपालिकामा यो पहिलो जित हो ।

तिलाठी कोइलाडी गाउँपालिकामा काँग्रेसलाई पछि पार्दै राजपाका सतिशकुमार सिंहले २९८७ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा २९९६ मत ल्याएकी राजपाकै सुचिताकुमारी यादव निर्वाचित भइन् । यो जितसँगै राजपाको विजयी संख्या तीन पुगेको छ ।

बलान बिहुल, महदेवा गाउँपालिका र बोदे बर्साइनमा जितेर फोरम नेपालले आफ्नो संख्या चार पुर्‍याएको छ । बलान बिहुलको अध्यक्षमा २२३८ मत ल्याएर दयानन्द गोइत र उपाध्यक्षमा राजपाकै रुबी गुप्ताले काँग्रेसलाई पछि पार्दै १८०२ मतका साथ बिजयी भइन् ।

भर्खरै घोषित परिणाम अनुसार महदेवा गाउँपालिकामा फोरमका दिपककुमार यादवले ३०९१ र ममताकुमारी यादवले २७४९ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भए । उनिहरुले अध्यक्षमा राजपाका सुनिलकुमार मण्डल र अर्चनाकुमारी यादवलाई परािजत गरे । मण्डलले २९१९ र अर्चनाकुमारी यादवले २५१२ मत ल्याए ।

बोदे बर्साइन नगरपालिकामा फोरमका आतेशकुमार सिंह यादवले ४५४७ मत ल्याई प्रमुखमा र रन्जुकुमारी साह तेलीले ३७३१ मत ल्याई उपप्रमुखमा विजयी भए । १३ वटा स्थानीय तहको परिणाम घोषणा भएको सप्तरीमा राजविराज नगरपालिकाबाहेक कञ्चनरुप, शम्भुनाथ, खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको आइतबार सम्म मतगणना सकिने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जनाएका छन् ।

१६ वटा वडामध्ये वडा नम्बर १ को मात्र जारी रहेको राजविराज नगरपालिकामा राति ११ बजेदेखि स्थगित मतगणना सहमति हुन नसक्दा सुरु हुन सकेको छैन् । पहिले घोषित मतपरिणाम भन्दा पछि घोषणा भएको परिणाम कम भएको भन्दै प्रतिनिधिहरुले आपत्ति प्रकट गरेपछि मतगणना स्थगित भएको हो ।

बिजयी
नेपाली काँग्रेस
१. विष्णुपुर गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष - २१२४÷२०१८
२. बेल्ही चपेना गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष - ३४४५÷३४५५
३. अग्नीसाइर कृष्णसवरन गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष - ३३९५÷२९४९
४. सुरुङ्गा नगरपालिका प्रमुख÷उपप्रमुख - ५२७८÷५०३६

राजपा, नेपाल
१. डाकनेश्वरी नगरपालिका- प्रमुख÷उपप्रमुख - ३८८०÷३८५६
२. रुपनी गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष -४०६८÷३९३६
३. तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष २९८७÷२९९६
छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष मात्र-२८०५

संघीय समाजवादी फोरम
१. तिरहुत गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष -२९४२÷२७४०
२. बलान बिहुल गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष - २२३८÷१८०२
३. बोदे बर्साइन नगरपालिका प्रमुख÷उपप्रमुख - ४५४७÷३७३१
४. महदेवा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष -३०९१÷२७४९

नेकपा (एमाले)
१. सप्तकोशी नगरपालिका प्रमुख÷उपप्रमुख -३०३९÷३२०७


नयाँ शक्ति
१. छिन्नमस्ता गाउँपालिका अध्यक्ष-२८०५


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.