सर्लाही गोडैता नगरपालिकामा राजपाका देवेन्द्र यादव विजयी
मलंगवा : सर्लाहीको गोडैता नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका देवेन्द्र यादव विजयी भएका छन् । यादवले २ सय २८ मतले काँग्रेसका उपेन्द्र कुशवाहालाई पछिपार्दै विजयी भएका छन् । यादवले ३ हजार ९ सय २ मत ल्याएका छन् ।
उनका निकटत्तम प्रतिद्वन्द्वी उपेन्द्र कुशवाहाले ३ हजार ६ सय ७४ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा राजपाकै अन्जना कुशवाहा विजयी भएकी छिन् । कुशवाहाले ४ हजार ९ सय ७५ मत ल्याएर विजयी बनेकी हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी काँग्रेसकी आशा पासवानले ३ हजार १ सय २२ मत ल्याएकी छिन् ।