आयोग बिदामा पनि खुल्ला रहने
काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप–क्षेत्रीय कार्यालय दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ देखि २ बजेसम्म खुला हुने भएको छ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको उल्लेख छ।
आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ।