महाकाली नदीको पानी प्रदूषित
दार्चुला : महाकाली नदीको पानी दर्जनौ बस्तीका मानिसहरुले प्रयोग गर्दै आए पनि मानवजन्य मानवीय गतिविधिले गर्दा महाकाली प्रदुषित हुँदै गएको छ । दार्चुला सदरमुकामको फोहोर मैला तथा यार्सा संकलकले पनि जथाभावी फोहोर फाल्ने गरेका कारण महाकाली नदी प्रदूषित बन्दै गएको हो । दार्चुलाका अधिकांश स्थानीयले शौचालय नबनाउनु पनि महाकाली फोहार हुनुको अर्काे कारण बनेको छ ।
२०७० सालको बाढीले दार्चुला सदरमुकाम खलंगवा बगाउँदा विस्थापित भएका अधिकांश बाढी पीडितहरु शौचालय नभएर दिसा–पिसाब गर्न महाकालीमै गरेका छन् । बाढी पीडित मात्रै नभएर शौचालय बनाउन आर्थिक रुपले सक्षम रहेका हरु पनि दिसा पिसाब गर्न महाकालीमै जाने गरेका छन् । समुद्री सतहदेखि करीब १० हजार मिटर उचाइमा महाकाली नदीको उद्गमस्थल रहेको छ । उद्गमस्थलदेखि करीब २ हजार मिटर तलबाट बस्ती छ र ती बस्तीहरुमा शौचालयको छैन् । साथै बस्तीबाट उत्पादन भएको फोहर पनि महाकाली मै थुपारिने गरेका कारण नदी धैरै फोहोर हुने गरेको छ ।
दार्चुलाको बंगाबगडदेखि भारतको टनकपुरसम्मका मानिसहरुले थुपारेको फोहर महाकालीमानै फालिन्छ । महाकाली आसपास बस्ने अधिकांशले खाना पकाउने लुगा धुने लगायतका घरायसी प्रयोजनका लागि महाकालीको पानी प्रयोग गर्ने गरेका छन् ।
यसरी सबै उपभोग गर्ने पानीमा घरभित्र बाट आएको फोहोर मात्रै नभइ बिरामी भइ घरपालुवा घरपालुवा पशुपन्क्षी समेत नदीमै फल्ने गरेको एक होटल व्यवसायीले बताए । हावा चलेका बेला महाकाली नदीबाट आएको गन्धका कारण घरमा बस्नै नसकिने अवस्था रहेको उनले गुनासो गरे ।
फोहोर भएको थाहा पाउँदा पाउँदै पनि अन्य विकल्प नभएका कारण महाकालीकै पानी पिउँनु पर्ने बाध्यता रहेको आइरन व्यवसायी गोपाल लुहारले बताए । एक्लैको प्रयासबाट सफल नहुने भएकाले यसका लागि सामूहिक प्रयास आवश्यक भएको लोहारले स्पष्ट पारे ।
पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर धामीले यसले महाकाली नदी फोहोर हुँदा बाहिरबाट आउने पर्यटकसामु नराम्रो सन्देश गएको भन्दै चिन्ता व्यक्त गरे । महाकाली नदीको जतिमाथि गयो उति फोहोर हुने बताउँदै धामीले समयमै यसलाई नियन्त्रणगर्नु आवश्यक रहेको तर्क अघिसारे ।
प्रत्येक वर्ष उच्च हिमाली क्षेत्रमा थपिदै गएको फोहोरका कारण यार्सागुम्बाको उत्पादन घटेदै गएको र महाकाली नदीमा पनि प्रदूषण थपिँदै गएको दार्चुलाका यार्सा संकलकहरुको भनाई रहेको छ।
महाकालीको फोहोर नियन्त्रण गर्न एक जनाले मात्र नसकिने भएकाले आ–आफ्ने क्षेत्रबाट सक्दो प्रयास गर्नु आवस्यक रहेको महाकाली यातायात व्यवसायी संघ दार्चुलाका प्रतिनिधि लब ाज अवस्थीले जानकारी बताए ।