१३ जना जुवाडे पक्राउ
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका-१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए।
पक्राउ पर्नेमा पोखरा-१३ का हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, शोभित नेपाली, पोखरा-१७ का बोधराज रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पोखरा-३ का राजु रेग्मी, पोखरा-५ का रामकृष्ण पौडेल र २९ का अमर खनाल रहेका छन् ।
अवैधरुपमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता खत्रीले बताए।