राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

काभ्रे: महाअष्टमीको अवसरमा राष्ट्रपती विद्यादेवी भण्डारीले काभ्रेको पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवतीमा बिहीबार पूजापाठ गरेकी छिन्। 

 

नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी छोरी उषा किरण सहित मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी आएकी हुन्।
करि आधा घण्टा मन्दिर परिसरमा पाठपूजा गर्नुका साथै उनले मन्दिरबारे जानकारी लिएकी थिइन्।

राष्ट्रपती भण्डारीलाई पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए।

१७ सय वर्ष पहिले मन्दिर स्थापना भएको बताइन्छ। दुई बर्षअघि गएको महाभूकम्पका कारण मन्दिरमा क्षति पुगेको छ। अहिले पूरातत्व विभागले पुनर्निमाणको काम गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.