गाडीबाट लडेर सहचालकको मृत्यु  

गाडीबाट लडेर सहचालकको मृत्यु   

बागलुङ: बागलुङमा बिहीबार बिहान ट्याक्टरबाट लडेर सह-चालकको ज्यान गएको छ।

ब्लक लोड गरी पर्वतबाट काठेखोला तर्फ जाँदै गर्दा बागलुङ नगरपालिका १ खुतुर्केघाटमा ग १ त ४४७१ नम्बरको ट्याक्टरबाट खसेर हुम्ला जिल्ला घर भएका १७ बर्षीय राजु परियारको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्याक्टर चलिरहेको अवस्थामा सह–चालक परियारको चप्पल भुईमा झरेको र टिप्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका परियारको धौलागिरी अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.