महानिर्देशक गौतम हटाउन खोज्दा मन्त्री निर्वाचन आयोगको फन्दामा

महानिर्देशक गौतम हटाउन खोज्दा मन्त्री निर्वाचन आयोगको फन्दामा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देबले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमलाई मन्त्रालयका हाजिर हुन दिएको निर्देशनको बदर गरिदिएको छ ।
निवार्चन आयोगले बिहिबार दिउँसो मन्त्रालयले बुधबार पेश गरेको २४ घन्टे स्पष्टीकरण पत्र अध्ययन गर्दै मन्त्री देबले गरेको निर्णय निर्वाचन आचार संहिता विपरित रहेको भन्दै खारेज गरिदिएको हो । खारेज भएसँगै गौतम प्राधिकरणमै हाजिर हुनपाउने भएका छन् ।
बिहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको वैठले मन्त्री देबले निर्वाचन आचार संहिताको उलंघन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मन्त्री देबले मन्त्रालकै सह–सचिव सुरेश आर्चाय र विमानस्थल कार्यालका प्रमुख देवानन्दन उपाध्या मध्ये एकलाई प्राधिकरणको महानिर्देक बनाउने गरी गौतमलाई हटाउने तयारीका साथ गौतमलाई मन्त्रालय तानेका थिए ।


मन्त्री देबले गत १० गते तीन सदस्यी कार्यदको संयोजक बनाउँदै गौतमलाई मन्त्रालयका सरुवा गरेको थिए ।
सोही विषयलाई लिएर निर्वाचन आयोगले मन्त्रालयसँग २४ घन्टे स्वष्टीकरण सोधेको थियो ।


मन्त्रालयले बुधबार मात्रै २४ घन्टे स्पष्टीकरण बुझाएको थियो । सोही स्पष्टीकरणलाई अध्यन गर्दे आयोगले मन्त्री देबलाई आफै आयोगमा उपस्थित भएर २४ घन्टा भित्र स्पष्टीकरण दिने निर्देशन दिएको छ ।
निर्वाचन आयोले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई आयोगको विना सहमति स्वेच्छाचारी र बदनीयत ढंगले मन्त्रालयमा गठन भएको कार्यादल हाजिर हुन पत्र दिएको भन्दै मन्त्री देबलाई आयोगले स्पष्टीकरण साधेने निर्णय गरेको उनले जानकारी दिए ।
गौतमलाई मन्त्रालयका हाजिर हुन दिएको पत्र निर्वाचन आचार संहिता २०७२ को दफा १० विपरित रहेको आयोगले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.