सत्ताको लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन: बिजुक्छे

सत्ताको लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन: बिजुक्छे

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश र जनताको हितको लागि नभई सत्ताको लागि एमाले र माओवादी केन्द्र तथा कांग्रेसले छुट्टाछुट्टै गठबन्धन गरेको बताएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनलाई नेपाली जनताको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ को संज्ञा दिए।

 

उनले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको बताउँदै यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपर्नेसमेत दावी गरे।'सत्तामा रहिरहन चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन भएका हुन्', अध्यक्ष बिजुक्छेले भने, 'त्यसैले यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर पर्दैन। यसबाट धेरै आशा गर्नु बेकार छ।'

तर यी दुई गठबन्धनबाट भने देशले बलियो प्रतिपक्ष प्राप्त गर्ने र त्यो कांग्रेस वा वामपन्थी जुन भए पनि एउटा हुने उनको भनाइ थियो। उनले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा हुने ठोकुवा गरे।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले एमाले, माओवादी केन्द्र र जनशक्ति पार्टीको चुनावी तालमेल र एकता भारतकै कारण भएको दोहोर्‍याए। यी तीन दलको एकताको साँचो नयाँ दिल्लीमा रहेको उनको भनाइ थियो।

उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्नेबारे भारतलाई विश्वस्त बनाउन नसक्दा वामपन्थी एकता अपरिहार्य बनेको प्रस्ट पारे।

'भारत भ्रमणको क्रममा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्नेबारे भारतलाई विश्वस्त तुल्याउन नसक्दा भारतको लागि एमाले र माओवादी केन्द्रको एकता अपरिहार्य भएको हो', उनले भने।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले सेवा निवृत्त भएका भक्तपुरका ६ जना वरिष्ठ शिक्षकशिक्षिकालाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए। त्यस्तै समाजद्वारा प्रकाशित 'शैक्षिक अनुभव' नामक पुस्तकसमेत विमोचन गर्दै अध्यक्ष बिजुक्छेले निवृत्त हुँदैमा शिक्षकहरुले हीनताबोध गर्नु आवश्यक नभएको सुझाए।

उनले अध्ययन र लेखनमार्फत निवृत्त समयलाई सिर्जना र कीर्तिमा प्रयोग गर्न सकिने बताए।कार्यक्रममा समाजका अध्यक्ष नाति कवां, कोषाध्यक्ष विश्वराम कवां, सदस्यद्वय बालमुकुन्द बासुकला र रामगोपाल कर्माचार्य, निवृत्त शिक्षक एवं भक्तपुर नपा ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, सम्मानित निवृत्त शिक्षक केवलप्रसाद कायस्थ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, एभरेस्ट इंगलिस स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले परिपक्व जनशक्ति तयार हुने बेला सरकारले निवृत्त गरेर वर्षौंवर्षको लगानी खेर फालिरहेको गुनासो गरे। उनीहरुले शिक्षक निवृत्त हुने शिक्षा नीतिमै परिवर्तन गरेर वरिष्ठ शिक्षकहरुबाट राज्यले बढीभन्दा बढी लाभ लिनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.