सरकारलाई राप्रपाको समर्थन, थापा सरकारमा जाने

सरकारलाई राप्रपाको समर्थन, थापा सरकारमा जाने

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । अध्यक्ष थापासहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन ।


‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको हो ’संसद सचिवालयमा दर्ता गरिएको पत्रमा भनिएको छ ।

राप्रपा विभाजित भएपछि पशुपति शम्सेर राणा नेतृत्वको समूहले यसअघि नै सरकारमा सहभागी भएको थियो भने कमल थापा नेतृत्वको समूह सरकारमा सहभागी भएको थिएन ।

सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रस्ताव अगाडि बढाएपछि काँग्रेसले आफनो नेतृत्वको गठबन्धनलाई बलियो बनाउने क्रममा कमल थापा नेतृत्वको राप्रपालाई साथमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.