निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या (फोटो फिचर)

निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या (फोटो फिचर)

काठमाडौ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा गोली हानी हत्या भएको छ । गोली प्रहार लगतै मीनभवनस्थित सिभिल अस्पतालमा पुरयाइएका गौचनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन । 

डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् ।

गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । 

शिक्षिण कोरियाको राजधानी सोलमा भएको ४३ औ बैठकले गौचनलाई इफाप्काको उपाध्यक्षमा निर्विरोध निर्माचित गरेको थियो । ०३९ देखि निरन्तर निर्माण व्यवसायमा संलग्न गौचनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्राविधिक शिक्षा लिएका थिए। ०४० मा डाँफे कन्स्ट्रक्सन कम्पनीको नाममा निर्माण व्यवसाय शुरु गरेका गौचनले तीन कार्यकाल सचिव र एक कार्यकाल महासचिव भएर हाल महासंघको अध्यक्ष थिए । कमजोर नियम कानुनका कारण व्यवसायीले नचाहदा नचाहदै पनि घुस दिनु पर्ने बाध्यता रहेको गौचनले बताउँदै आएका थिए ।

आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो ।

सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मोटरसाइकलमा आएका आक्रमणकारी आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । सवारी साधनका चालक भने सुरक्षित छन् । गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.