एमालेद्वारा उम्मेदवार सिफारिस, जेलमै रहेका हत्या अभियुक्त पनि उम्मेदवार!

एमालेद्वारा उम्मेदवार सिफारिस, जेलमै रहेका हत्या अभियुक्त पनि उम्मेदवार!

जनकपुरधाम: नेकपा एमाले धनुषाले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा हत्या अभियोगमा जेलमा रहेका दुई जना अभियुक्तको नाम सिफारिश गरेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि एमाले धनुषाले ७० जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ

प्रतिनिधिसभाको लागि ४ र प्रदेश सभाको लागि ८ वटा निर्वाचन क्षेत्र रहेको धनुषामा प्रत्यक्षमा ३४ र समानुपातिकमा ३६ जना उम्मेदवारको नाम सिफारिस गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

प्रतिनिधिसभाको लागि धनुषा क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य योगनारायण यादव र सुधिर प्रसाद साहको नाम सिफारिस गरिएको छ।
सिफारिसमा परेका योगनारायण यादव २०७१ चैत्र ८ गते सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति चयनको विषयलाई लिएर भएको विवादमा दुईजनाको हत्या गरेको अभियोगमा कारागारमा छन्।

विद्यालयमा व्यवस्थापन समितिको चुनावका विषयमा छलफल चलिराख्दा पूर्व सांसदसमेत रहेका यादव नेतृत्वको समूहले आक्रमण गरेपछि विवाद भएको थियो । आक्रमणमा परि गम्भिर घाईते भएका रामसेवक राउत गडेरीको उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो भने रामप्रकाश यादवको गोली हानि हत्या गरिएको थियो। दुवै हत्याकाण्ड यादवकै योजनामा भएको अभियोगमा विगत डेढ वर्षदेखि पूर्पक्षका लागि जलेश्वर कारागारमा रहेका छन्।

हत्या अभियोगीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरिएको विषयमा एमालेका धनुषा जिल्ला अध्यक्ष यादवले पार्टीका सदस्यहरुको चाह्ना अनुसार नाम सिफारिश भएको प्रतिक्रिया दिए।

एमालेले क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य गंगाराम यादव, क्षेत्र नम्बर ३ बाट पोलिटब्यूरो सदस्य रघुवीर महासेठ र ४ बाट पोलिटब्यूरो सदस्य शत्रुधन महतो कोइरी र रघुवीर महासेठको नाम सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.