विवेकशील साझाद्वारा काठमाण्डौंमा उम्मेदवारी घोषणा
काठमाण्डौं: आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीले काठमाण्डौंमा उम्मेदवार तय गरेको छ। पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले उम्मेदवारी दिने भएका छन्।
पार्टीले सोमबार जारी गरेको बिज्ञप्ति अनुसार मिश्र काठमाडौंको क्षेत्र नम्बर १ र थापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेका छन्।
यस्तै क्षेत्र नं ४ मा सुबुना बस्नेत, ७ मा अनुपा श्रेष्ठ, ८ मा पुकार बम र ९ मा मिलन पाण्डेलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ। पार्टीले अरु उम्मेदवारहरुको नाम पनि क्रमश: सार्वजनिक गर्दै जाने जनाएको छ।