गौचन हत्याको निजी क्षेत्रद्वारा भर्त्सना

गौचन हत्याको निजी क्षेत्रद्वारा भर्त्सना

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको निजी क्षेत्रले घोर भत्र्सना गरेको छ। शान्तिनगर निवासबाट अनागमनगर महासंघ सचिवालयतर्फ जाँदै गर्दा सोमबार दिउँसो बानेश्वर प्रयागमार्गमा गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

 

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेर हत्याको घोर भत्र्सना गरेका हुन्।

'शान्तिको स्वास फेर्न पाइन्छ कि भन्ने आशमा रहेका नेपाली जनतालाई हत्याको घटनाले पुनः एक पटक झस्काइदिएको छ, उद्यमी व्यवसायी त्रसिद हुन पुगेका छन्’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, 'सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी नै असुरक्षित हु“दा निजी क्षेत्र अत्यन्त दुःखित छ।'


देश क्रमशः राजनितिक स्थायित्वतर्फ गईरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनःत्रास र संसयको अवस्था श्रृजना भएको छ, यस्तो घटनाले बन्दै गइरहेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्‍याउने छ' परिसंघको विज्ञप्तीमा उल्लेख छ।

दुबै संगठनले घटनाको तत्काल छानविन गरी हत्यमा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकार समक्ष आग्रह ग


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.