दोलखा काँग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभामा नयाँ अनुहार

दोलखा काँग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभामा नयाँ अनुहार

चरीकोट: मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काँग्रेस दोलखामा नयाँ अनुहार उम्मेद्धवार हुने छन्। विगतका निर्वाचनहरुमा पटक पटक हार व्यहोरेका नेताहरु पन्छाउदै यस पटकको निर्वाचनमा नेपाली काँग्रेस दोलखाले नयाँ अनुहार लाई अगाडी सारेको हो।

पहिलो संविधान सभाको निर्वाचनमा समानुपाती सांसद बनेका पूर्व केन्द्रिय सदस्य जिपछिरिङ लामा नेपाली काँग्रेसका पुराना नेता भीमबहादुर तामाङको निधन पछि दोश्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेद्धवार बनि हार व्यहोरेपछि लामा यस पटक नलड्ने घोषणा गरेका छन्।

यस्तै तिन पटक सम्म सांसदको उम्मेद्धार बनेर हार ब्यहोरेका पुर्ब सभापति ताराबहादुर कोईराला पनि यस बर्ष चुनाबी टिकटको दौडमा खासै देखिएका छैन।कोईराला यस पटक पाए प्रतिनिधिसभाको निर्बाचनमा लड्ने नपाए प्रदेशसभामा भने नलड्ने बताउँदै आएका छन्।

दोलखाका लामा र कोईराला हाईर्‍याङकिङ नै निर्बाचनमा नलड्ने घोषणाले यतिबेला युवा पंक्तिलाई भने चुनाबी चटारोले सताएको छ। प्रतिनिधिसभाका लागि दोलखामा पाँच जना सिफारिस भएका छन्।

जिल्ला सभापति रुद्र बहादुर खड्का,नेबिसंघका केन्द्रिय महामंन्त्री कुन्दनराज काफ्ले, पुर्ब सभापतिहरु देबिप्रसाद न्यौपाने, उद्धबराज काफ्ले, तारा बहादुर कोईराला र पुर्ब केन्द्रिय सदस्य जिपछिरिङ लामा जिल्लाबाट सिफारिस भएपनि कोईराला र लामाले चुनाबमा होमीन नखोजेपछि नयाँ अनुहारका लागि बाटो खुलेको हो।

प्रतिनिधिसभा हाल जिल्ला सभापति रहेका पुर्ब जिबिस सभापति रुद्र बहादुर खड्का आफु कुनै दौडधुप नै नगरि टिकट पाउनेमा बिश्वस्त देखिन्छन्। खड्का दोलखाको सांसदको उम्मेद्धारका लागि नयाँ अनुहार हुन्। त्यसैगरि अर्को नयाँ अनुहारका रुपमा युवा नेता नेबिसंघका महामन्त्रि काफ्ले पनि टिकटका लागि दौडधुपमा लागिरहेको बताईएको छ।

त्यसैगरि प्रदेशसभामा पनि नयाँ अनुहार नै देखिने भएको छ। दोलखामा दुई वटा क्षेत्र रहेको छ । क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसले सिफारिस गरेका मध्ये प्रभावशाली नेता बर्मा लामाले स्थानिय निर्बाचन लडेर हार ब्यहोरे पछि अन्य नयाँ अनुहारका युवा नेताहरुलाई चुनाबी दौडमा सहजता उत्पन्न भएको हो।

क्षेत्र नम्बर १ मा स्वर्गीय नेता भिम बहादुर तमाङका छोरा दिपक तमाङको उम्मेद्धारी पक्कापक्कि भएको र उनलाई नै पार्टी निर्बाचनमा उम्मेद्धरी बनाउने बताउन थालिएको छ।

त्यसैगरि दोलखाको २ नम्बर क्षेत्रमा पनि पहिलो नम्बरमा सिफारिसमा परेका पार्टी सभापतिको उम्मेद्धार रहेका युवा नेता ईश्वर मानन्धर स्थानिय निर्बाचनमा हारेका कारण केन्द्रिय समितिले गरेको निर्णयका कारण चुनाबी दौडबाट बाहिरीनु परेको छ।

त्यसैले क्षेत्र नम्बर २ मा पनि नयाँ अनुहारका रुपमा अन्य युवा नेताहरुले अबसर पाउने देखिने भएको छ। क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका पुर्ब सचिब रहेका देउवा खेमाका केशबराज चौलागाईले टिकट पाउने पक्कापक्कि जस्तै भएको दोलखाका कांग्रेसका नेता तथा कार्यकर्ताले बताउन थालेका छन्। तर टिकटको दौडमा भने अन्य युवा नेताहरु कुमार अधिकारी, राकेश श्रेष्ठ, कुलराज थापा, सन्तोष पाण्डे समेत रहेका छन्।

सर्बसम्मतिको प्रयासमा जिल्ला नेतृत्व
नेपाली कांग्रेसका जिल्ला स्तरिय नेताहरुले सहमतिको प्रयास स्वरुप सोमबारबाट राजधानीमा छलफल थालेका छन्।

केही नेताहरुले दोलखा कांग्रेसलाई दुबै प्रदेशसभा र एक प्रतिनिधि सभामा बिजयी गराउन भन्दै प्रतिनिधि सभामा जिपछिरिङ लामा र क्षेत्र नम्बर १ मा कुन्दन काफ्ले र २ मा सभापति रुद्र बहादुर खड्कालाई उम्मेद्धार बनाउनु पर्नेमा जोड दिएको केहि नेताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.