चुनावी तालमेलले दलहरूमा अन्योल

चुनावी तालमेलले दलहरूमा अन्योल

सुर्खेत: जिल्लामा दलहरू निर्वाचनका लागि आफ्ना उम्मेदवार छनोट गर्दै थिए। वामपन्थीहरूको तालमेलको निर्णय अनि कांग्रसले पनि प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर तालमेलको प्रक्रिया अगाडि बढाएपछि एकाएक देशको राजनीतिमा नयाँ तरंग पैदा भयो।

केन्द्रमा दलहरूले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको गठजोड गर्न थालेपछि जिल्ला तहमा दल र नेताहरू भने अलमलमा परेका छन्। जिल्लाबाट मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरिसकेका छन्। तर, केन्द्रमा दलहरूबीच तालमेलको सहमति भएपछि जिल्लामा यतिबेला अन्योल छ।

केन्द्रमा एमालेसँग चुनावी तालमेलको सहमति भएपछि माओवादी केन्द्रले सुर्खेतमा यसअघि सिफारिस गरेको उम्मेदवारको सूची स्थगित गरेको छ। केन्द्रबाट तालमेलको थप खाका नआएका कारण कांग्रेस र एमालेका जिल्ला नेता र सिफारिसमा परेकाहरू अलमलमा परेका छन्।जिल्लाबाट दलहरूले अहिले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका भए पनि अब तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँड हुनेछन्।

तालमेलको सहमतिपछि अब निर्वाचन क्षेत्र भागबन्डा हुने भएका कारण पनि सिफारिसमा परेका उम्मेदवाहरू ढुक्क छैनन्। अब एमाले र माओवादीले जिल्लामा निर्वाचन क्षेत्र बाँड्ने छन्। यस्तै कांग्रेस र राप्रपाबीच तालमेलको सहमति भए यी दुई दलले पनि जिल्लामा निर्वाचन क्षेत्र भागबन्डा गर्नुपर्नेछ। केन्द्रबाट सर्कुलर नआएका कारण जिल्लामा भागबन्डा गर्न ढिला भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण जिसी बताउँछन्।

उनले भने, ‘अब एमालेसँग सल्लाह गरेर जिल्लामा निर्वाचन क्षेत्र बाँड्नेछौं, अहिले सिफारिस भएका उम्मेदवार स्थगित गरिसक्यौं।' केन्द्रमा भएको सहमतिअनुसार एमाले र माओवादीले जिल्लामा बराबर निर्वाचन क्षेत्र बाँडेर उम्मेदवार सिफारिस गर्नेछन्। जिसीले जिल्लामा दुई दलले संयुक्त छलफल गरेर निर्वाचन क्षेत्र र उम्मेदवारको टुंगो लगाउने बताए।

यसैबीच एमालेले पनि जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ। तर एमालेका नेता र उम्मेदवाहरू पनि अलमलमै छन्। माओवादीसँग निर्वाचन क्षेत्र भागबन्डा गर्नुपर्ने भएका कारण अहिले सिफारिस भएका उम्मेदवाहरू पनि परिवर्तन हुनेछन्। एमाले जिल्ला अध्यक्ष धु्रवकुमार शाहीले भने, ‘हाम्रो पार्टीले पनि सबै उम्मेदवार सिफारिस गरेको छ, अब प्रदेश कमिटीले केन्द्रमा पठाउँनेछ। हामीले पठाएको सूची हेरफेर त नहोला, अहिलेकै कार्यान्वयन हुन्छ।'

चुनावी तालमेलका कारण नेताहरू पनि अलमलमा छन्। एमाले र माओवादी एक भएपछि जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवारमा सिफारिस भएका कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का अब समानुपातिकतर्फको उम्मेदवार बन्न सक्ने उनी निकटस्थहरू बताउँछन्।

यस्तै मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रूपमा रहेर प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नम्बर ३ बाट एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेल उम्मेदवार सिफारिस भएका छन् । तर, केन्द्रमा यो प्रदेशमा माओवादीले मुख्यमन्त्री बनाउने गरी भागबन्डाको छलफल चलेको छ। यसो भए एमाले नेता कँडेल प्रदेश छाडेर प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न सक्ने एमाले स्रोतले आँकलन गरेको छ।

यसकारण पनि दलहरू थप अलमलमा छन्। कांग्रेस पनि जिल्लामा अलमलकै अवस्थामा छ। केन्द्रले राप्रपा र मधेसी दलसँग तालमेलको प्रयास जारी राखेका कारण जिल्लामा सिफारिस भएका उम्मेदवाहरू कसले छोड्नुपर्ने हो भन्ने चिन्तामा छन्। कांगे्रस केन्द्रीय सदस्य हृदयराम थानी केन्द्रले गरेको निर्णय आफूहरूले मान्ने बताउँछन्।

उनले भने, ‘तालमेपछि जिल्लामा हामीले कुनै क्षेत्र छोड्नुपर्ने भए, छोड्न तयार नै छौं। उम्मेदवार सिफारिस भएर केही फरक पर्दैन, अब नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने हुनसक्छ।' तालमेलले कार्यकर्तामा उत्साह देखिए पनि एकाएक भएको चुनावी गठबन्धनका कारण भने उम्मेदवार सिफारिस भइसकेकाहरू बढी त्रसित छन् । बल्लतल्ल आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारमा सिफारिस भएकाहरू अब तालमेलका कारण छोड्नुपर्ने अवस्था आएपछि ढुकचुकको अवस्थामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.